काठमाडौं : प्रदेश १ सरकारको नीति तथा कार्यक्रममाथि छलफल सकिएको छ।
प्रदेश सरकारले प्रदेश सभाको बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममाथि सांसदहरुले आ-आफ्नो धारणा राखेपछि उपसभामुख सरस्वती पोखरेलले छलफल सकिएको जानकारी गराइन्।
उपसभामुख पोखरेलले प्रदेश सरकारको नीति कार्यक्रमाथि संशोधनका लागि सांसदहरुलाई भोलि बिहान ११ बजेसम्मका लागि समय तोकेकी छन्।
प्रदेश सभाको बैठक भने भोलि दिउँसो २ बजे बस्नेछ। सो बैठकमा नीति कार्यक्रम निर्णयार्थ पेस हुने बताइएको छ। प्रदेश २ र लुम्बिनी प्रदेशमा भने नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छैन। प्रदेश २ को प्रदेश सभा बैठकमा सांसदहरुले बोल्ने क्रम नसकिएपछि भोली दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको उपसभामुख उपमा कुमारी देवीले बताइन् ।
लुम्बिनी प्रदेश सभाको आजको बैठकमा सांसदहरूले बोल्ने क्रम आजका लागि सकिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिएका छन्। उनले आठौं अधिवेशनको सातौँ बैठक भोलि दिउँसो १ बजेका लागि बाेलाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।