|

गोरखा : गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच जना मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

आज साँझ करिब साढे आठ बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरूलाई आफ्नै निवासमा शपथ खुवाएकी हुन्।

पोखरेलले मुख्यमन्त्रीसहित अर्थ ऊर्जा जलस्रोत तथा खानेपानी, कानुन संचार तथा प्रदेश सभा मामिला, पर्यटक उद्योग वाणिज्य तथा आपूर्ति, भूमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था, युवा तथा खेलकुद, वन वातावरण तथा भूसंरक्षण, शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा लिएका छन्। 

यस्तै, कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले विनाविभागीय मन्त्री पदको सपथ खाएका हुन्।

प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार आज नै पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.