|

काठमाडाैं : युरो कपअन्तर्गत जारी खेलमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै लडेका छन्। 

समूह 'बी' अन्तर्गत आज राति पाैने १० बजे फिनल्याण्डविरुद्ध भएको खेलमा इन्टरमिलानका स्ट्राइकर इरिक्सनको ढलेका हुन्। उनी घाइतेभएसँगै यस खेल पनि रद्द गरिएको छ।

खेलको ४३ औं मिनेटमा इरिक्सन घाइते हुन पुगेका थिए। रेफ्री एन्थोनी टेलरका दुवै खेलाडीहरूले अवस्था हेरेर गम्भीरतासाथ तुरुन्तै मेडिकल टिम बोलाएका थिए। उनी मैदानमा एक्कासि लडेका थिए। उनलाई हृदयघात भएको अनुमान गरिएको छ।  

४३ औ मिनेटमा सहकर्मीले दिएको बल होल्ड गर्ने क्रममा मैदानमा लडेका थिए। त्यसपछि मेडिकल टिम इरिक्सनका उपचारका लागि मैदान दौडिएको थियो। 

दुवै टिमका खेलाडीहरूले उपचारका लागि इरिक्सनलाई घेरेका थिए। तर इन्टर मिलानबाट व्यवसायिक फुटबल खेल्दै आएका २९ वर्षीय इरिक्सन मैदानबाट उठेनन्। 

झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको छ । डेनमार्कका खेलाडी निकै चिन्तामा देखिन्थे भने केही खेलाडीको आँसुसमेत झरेको थियो ।

मेडिकल टिमले उनलाई उपचारका लागि अस्पतालतर्फ लगेका छन्। अहिले दुवै टिमका खेलाडीहरू चेन्जिङ रुममा फर्किएका छन्। एरिक्सनको लड्नुको कारण वा वर्तमान अवस्थाबारे यथार्थ जानकारी भने आइसकेको छैन। 

मेडिकल इमरजेन्सी घोषणा गर्दै फिनल्यान्ड र डेनमार्कबीचको खेल रद्द गरिएको छ । पहिलो हाफसम्म खेल गोलरहित बराबरी रहेको छ। सन् २०१० बाट डेनिस राष्ट्रिय टोलीमा रहेका एरिक्सनले १०८ खेलमा ३६ अन्तराष्ट्रिय गोल गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.