काठमाडाैं : डेनमार्क र फिनल्याण्डबीच जारी खेलमा एक्कासि मैदानमा ढलेका मिडफिल्डर क्रिस्टियन एरिक्सन होसमा आएका छन्।
यूईएफएले एरिक्सन होसमा आएको र अस्पताल लागिएको जानकारी दिएको हो। यूईएफएले केही बेरअघि मात्र एरिक्सनको अवस्थाबारे जानकारी दिँदै होसमा आएको जनाएको छ।
उनको स्वास्थ्य अवस्था स्थिर रहेको र अस्पतालमा लागिएको युइएफएले जानकारी दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।