|

काठमाडाैं : पाकिस्तान सुपर लिग क्रिकेटमा पेशावर जाल्मीविरुद्ध खेल्ने क्रममा क्वेटा ग्लाडियटर्सका फाफ डु प्लेसिस घाइते भएका छन्। 

फिल्डिङ गर्ने क्रममा दक्षिण अफ्रिकी ब्याट्समेन आफ्नै टिमका मोहमद होसनेनसँग ठोक्किँदा घाइते भएका हुन्।

उनको टाउको मोहमदको खुट्टामा ठोक्किएको थियो। खेल दौरान घाइते भएपछि उनलाई अस्पताल लगिएको छ। उनले दोस्रो इनिङ्स नखेल्ने क्वेटाले जनाएको छ। खेलमा जाल्मीले क्वेटालाई जितका लागि १ सय ९८ रनको लक्ष्य दिएको छ।

आजै युरोकप अन्तर्गत भएको डेनमार्क र फिनल्याण्डबीचको खेलमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमै लडेका थिए। एक्कासि अचेत भएर ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। यद्यपि उनको स्वास्थ्यमा सुधार आएको युइएफले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.