|

काठमाडौं : फिफा विश्वकप तथा एसियन कप छनोटका खेल खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै छ। 

टीम बेलुका पौने ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुग्ने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। उनका अनुसार नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं आइपुग्नेछ। 

छनोटमा नेपालले चाईनिज ताईपेइ, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो। नेपालले चाइनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो भने जोर्डन र अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराजय व्यहोरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.