|

काठमाडौं : धितोपत्र कारोबार हुने  साताको पहिलो दिन आइतबार सेयर कारोबारमा कीर्तिमान कायम भएको छ।

यो दिन हाल सम्मकै सर्वाधिक १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम अहिलेसम्मकै अत्याधिक हो। यसअघि जेठ २३ मा १७ अर्ब २७ करोडको नयाँ कारोबार कीर्तिमान बनेको थियो।

जेठ महिनामै १५ अर्बमाथिको कारोबार कीर्तिमान बनेयता जेठ १६ मा त्यो तोडिँदै १७ अर्ब तीन करोड रुपैयाँको अर्को नयाँ कीर्तिमान बनेको थियो। उक्त कीर्तिमान आइतबार तोडिएको छ। सेयर कारोबार ऐतिहासिक हुँदा आज झन्डै ४० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।

सर्किट लाग्ने धेरैजसो कम्पनी फाइनान्स, विकास बैंक र जलविद्युत कम्पनीहरु छन्। बजार सूचक नेप्से पनि ३८.३२ अंकले बढ्दा २९८३.११ मा पुगेर थामिएको छ। केही दिनअघि मात्र नेप्सेले तीन हजार अंकको विन्दु पार गर्दै ३००६ हाराहारी पुगेर पुनः फर्किएको थियो। 

आज नेप्से उपसमूहमा रहेका १३ समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ८.२४ प्रतिशतले उकालो लागेको छ।

वित्त समूह ७.१४ प्रतिशतले बढेको आज जलविद्युत समूहमा ६.१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.७३ प्रतिशत, लगानी समूहमा २.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९८ प्रतिशत र बैंकिङ समूहमा ०.४२ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक १.०६ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह ०.७९ प्रतिशतले घटेको आज निर्जीवन बीमा समूहमा ०.१५ प्रतिशत, अन्य समूहमा ०.३८ प्रतिशत, लघुवित्त समूहमा ०.३८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०११ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँमा किनबेच भएको छ। यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७२ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

लुम्बिनी विकास बैंकको ५८ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेशनल हाइड्रोपावरको ५४ करोड ४० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ५३ करोड ७५ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४४ करोड ९३ लाख रुपैयाँ, अरुण काबेली पावरको ४० करोड ६० लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावरको ३६ करोड ६२ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ३४ करोड ४३ लाख रुपैयाँ, गरिमा विकास बैंकको ३४ करोड ३३ लाख रुपैयाँ र अपी पावरको ३३ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ३८ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।  

१० प्रतिशतले सर्किट लागेका कम्पनीहरु
श्री इन्भेस्टमे फाइनान्स
समृद्धि फाइनान्स
आईसीएफसी फाइनान्स
कर्णाली डेभलपमेन्ट बैंक
सिन्धु विकास बैंक

सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेका कम्पनीहरु

रिलायन्स फाइनान्स
मितेरी डेभलपमेन्ट बैंक
हिमालयन पावर पार्टनर
पञ्चकन्या माई हाइड्रोपावर
घलेम्दी हाइड्रो
सीईडीबी हाइड्रोपावर
नेसनल हाइड्रोपावर
लुम्बिनी विकास बैंक
माउन्टेन इनर्जी
जोशी हाइड्रोपावर
शिवश्री हाइड्रोपावर
ओरियन्टल होटेल
सोल्टी होटेल
प्रोग्रेसिभ फाइनान्स
गुहेश्वरी मर्चेन्ट बैंक
जानकी फाइनान्स
एचआईडीसीएल
ङादी ग्रुप पावर
सेन्ट्रल फाइनान्स
नेपाल फाइनान्स
पाँचथर पावर कम्पनी
आँखुखोला जविद्युत
छ्याङ्दी हाइड्रोपावर
बेस्ट फाइनान्स
युनियन हाइड्रोपावर
दिव्यश्वरी हाइड्रोपावर
राइराङ हाइड्रोपावर
लिबर्टी इनर्जी
तारागाउँ रिजेन्सी होटेल
मल्टीपर्पस फिनान्स कम्पनी
हिमाल दोलखा हाइड्रोपावर
ज्योति विकास बैंक
कामना सेवा विकास बैंक

यसैगरी आज पोखरा फाइनान्स, रसुवागढी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर र नेपाल हाइड्राे डेभलपर्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज नेपाल इन्स्योरेन्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.