|

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा दुई हजार चार सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले आइतबार १२ हजार चार सय ६ जनामा कोरोना परीक्षण गरेको जानकारी दिए। उनका अनुसार कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ भने तीन हजार ९ सय ९४ जना कोरोनामुक्त भएका छन।

त्यस्तै काठमाडौं उपत्यकाभित्र भक्तपुरमा ५८,ललितपुरमा एक सय १२ र काठमाडौंमा चार सय ८३ गरी कूल ६ सय ५३ जनामा कोरोना  संक्रमण पुष्टि भएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.