खोपबिना काम गर्दिनँ भन्‍न मिल्दैन : नगर प्रमुख सरावगी

|

पर्सा : कोरोनाको तेस्रो लहर आउने विज्ञहरूका कुरालाई बेवास्ता गर्दै वीरगन्ज महानगरपालिकाले भौतिक उपस्थितिमा असार १ गतेबाट विद्यालय खोल्न गरेको निर्णय  फिर्ता लिनुपर्ने नेपाल शिक्षक महासंघले अपिल गरेको छ।

संघ, प्रदेश सरकार र जिल्लास्थित कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) ले समेत भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न सूचना जारी नगरेको अवस्थामा महानगरपालिकाले हचुवाका भरमा गरेको निर्णय फिर्ता लिनुपर्ने शिक्षक महासंघले अपिल गरेको हो।

भौतिक उपस्थितिमा जोड दिनु आश्चर्य : अध्यक्ष यादव

वैकल्पिक विधिबाट विद्यार्थीहरूलाई अध्ययन गराउनसमेत नभनी महानगरले भौतिक उपस्थितिमा विद्यालय खोल्न जोड दिनु आश्चर्य भएको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज प्रसाद यादवले बताए।

विद्यार्थी, शिक्षक र विद्यालयका कर्मचारीलाई खोपसमेत नपाएको अवस्थामा महानगरले केका आधारमा विद्यालय खोल्न निर्णय गरी परिपत्र जारी गरेको हो? सो बुझ्न नसकिएको उनको तर्क छ।

उनले भने, ‘निजी विद्यालयहरूको आर्थिक दबाबमा परी यस्तो निर्णय गरिएको भन्ने आक्षेप त लगाइहाल्दिनँ। तर, महानगरले पत्र संख्या ६२९५ मार्फत महानगरको निर्णय अवगत गराउँदै सबै विद्यालयहरूलाई भौतिक उपस्थितिमा विद्यालय सञ्‍चालन गर्न दिएको निर्देशनलाई सामान्य तरिकाले पनि सोच्न सकिन्‍न।' 

शिक्षा मन्त्रालय भन्छ, भर्चुअल शिक्षा देऊ

नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि तत्काल भर्चुअल विधिबाट शिक्षा दिन विज्ञप्ति जारी गरी जनाएको छ। उता, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षक कर्मचारीले कोभिडविरुद्धको खोप नपाएसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्‍चालन नगर्न निर्देशन नै दिएको शिक्षक महासंघले पनि जानएको छ।

जिल्लाका शिक्षक कर्मचारीलाई महानगरको निर्णय र महासंघको निर्णय तथा निशेधाज्ञा जारी जिल्लाको अवस्थाले सकस बनाएको शिक्षक महासंघ पर्साका अध्यक्ष यादवले तर्क गरे।

'अहिलेको अवस्थामा जबरजस्ती विद्यालय खोल्न र खोलाउन नगर्न प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आह्वान गर्दछौं। जिल्लामा निषेधाज्ञासमेत हटिनसकेको अवस्थामा भोली विद्यालय खोलेको कारण आइपर्ने विपत्ति वा क्षतिको जिम्मेवारी महानगरपालिका नै हुनेसमेत हाम्रो प्रष्ट भनाइ हो।' अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा पनि उल्लेख गरिएको छ।

काम गर्दिन भन्‍न मिल्दैनः नगरप्रमुख सरावगी

यता, नगर प्रमुख वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले खोपबिना काम गर्दिनँ भन्‍न नमिल्ने बताएका छन्। 'फ्रन्टलाइनर सबैले खोपबिना काम गर्दिनँ भन्दा त्यो अलि असान्दर्भिक कुरा हुन्छ। उहाँहरूले दबाब दिनु ठिक हो। खोप पाउनु पनि पर्छ। तर, जिम्मेवार ठाउँमा बस्ने हरेकले आफ्नो दायित्व पनि निर्वाह गर्न चुक्नु पनि हुन्न।'  ‘काम नै गर्दिनँ भन्न कसैले पनि मिल्दैन’ उनले तर्क गरे।

सुरक्षा सतर्कता अपनाउने जिम्मेवारी विद्यालय र शिक्षकहरूलाई नै भनिएको सन्दर्भमा गैरजिम्मेवार प्रस्तुति गर्न अलि मिल्ने कुरा होइन महानगरपालिकाका नगरप्रमुख सरावगीले बताए। कि त कोरोना खोप नपाएसम्म शैक्षिक गतिविधि पूरै ठप्प नै पार्नुपर्‍यो। त्यो त सान्दर्भिक कुरा हुँदैन होला नगरप्रमुख सरावगीले तर्क गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.