|

काठमाडौं : लुम्बिनी र प्रदेश नम्बर १ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएका छन्। 

आज बसेका प्रदेश सभाका छुट्टाछुट्टै बैठकले आगामि आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि पारित गर्ने संवैधानिक व्यवस्था छ। 

दुबै प्रदेश सभाको बैठक असार १ गते मंगलबार दिउँसो ३ बजे बस्नेछ। प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा पनि आजै  नीति कार्यक्रम पारित गर्ने तयारी छ। कर्णाली प्रदेशमा भोलि पारित गर्ने तयारी छ। 

बागमती प्रदेशमा भने हिजै नीति कार्यक्रम पारित भइसकेको छ। गण्डकी प्रदेशमा भने नयाँ सरकार बनेपछि नीति तथा कार्यक्रम ल्याउने तयारी थालिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.