|

हेटौंडा : बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ। 

प्रधानमन्त्री ओलिविरुद्ध नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका उनीविरुद्ध जिल्ला युवा संघ मकवानपुरले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। 

वैद्यले शुक्रबार बसेको संसद बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए।

उनको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि शनिबारको बैठकमा वैद्यले आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिइसकेका छन्। यद्यपि उनले आत्मालोचना गरेर मात्रै नहुने पक्राउ गरेर कारबाही नै गर्नुपर्ने भन्दै संघले जाहेरी दर्ता गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.