अष्ट्रियाविरुद्ध नर्थ म्यासेडोनियाको चुनौती

|

काठमाडाैं : १६ औं संस्करणको युरो कपमा आज नेदरल्यान्ड्स र युक्रेनबीच प्रतिस्पर्धा हुँदै छ। समूह ’सी’अन्तर्गत यो खेल राति पौने १ बजे सुरु हुनेछ।

बलियो टोली नेदरल्यान्ड्स घरेलु मैदानमा युक्रेनलाई स्तब्ध बनाउँदै महत्वपूर्ण ३ अंक बटुल्ने ध्याउन्नमा छ। विश्वकप २०१४ पछि पहिलो पटक ठूला प्रतियोगिता खेलिरहेको नेदरल्यान्ड्स पुरानै दबदबा जमाउने धुनमा छ।

उसले २०१६ को युरोकप र २०१८ को विश्वकप गुमाएको थियो। दुई ठूला प्रतियोगितामा नेदरल्यान्ड्स छनोट हुन असफल भएको थियो। समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सलाई भने यस पटक समूह विजेता टोलीको रुपमा हेरिएको छ।

नेदरल्याण्ड्सका प्रशिक्षक फ्रान्क डीले युक्रेनलाई कमजोर आँक्न नहुने बताए। 'युक्रेनको खेल हेरेको छु ’, उनले भने, 'उनीहरु बलिया टिम हुन्।’

उता युक्रेनी नेदरल्याण्डको चुनौती पन्छाउँदै समूह चरण पार गर्ने लक्ष्यमा छ। युक्रेनका प्रशिक्षक एन्ड्री सेभचेन्कोले नेदरल्यान्ड्सजस्तो कठिन प्रतिद्वन्द्वीसँग खेल्नु चानचुने कुरा नभएको बताए।

उनले नेदरल्याण्ड्ससँगको खेल आफैंमा चुनौतीपूर्ण रहेको बताए। ’हामीले धेरै कठिन टिम नेदरल्यान्ड्ससँग खेल्दै छौँ, आशा छ नतिजा सुखद् हुनेछ,’​युक्रेनी प्रशिक्षक सेभचेन्कोले भने।

यी दुई टोलीबीच २ पटक खेल भएको छ। जसमा नेदरल्यान्ड्सले एक खेल जित्दा अर्को खेल १–१ गोलको बराबरीमा सकिएको छ। विश्व वरीयतामा नेदरल्याण्ड्स १६ औँ स्थानमा रहँदा युक्रेन २४ औँ स्थानमा छ। 

अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा

यस्तै युरोकपको आजै हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुँदैछ।  समूह ’सी’ मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ।

विश्व वरीयतामाअष्ट्रिया २३ औँ स्थानमा रहँदा पहिलो पटक युरोकपमा सहभागी भएको उत्तरी म्यासेडोनिया भने विश्व वरीयतामा ६२ औँ स्थानमा छ। यी दुई देशबीच भएका २ प्रतिस्पर्धामा दुबै खेल अष्ट्रियाले बाजी मारेको छ।

पछिल्ला ५ म्याच केलाउने हो भने अष्ट्रियाले २ खेल हारेको छ भने १ खेल जितेर २ खेल बराबरीमा सक्काएको छ। अष्ट्रिय इंगल्याण्ड र डेनमार्कसँग पराजित भएको छ।

उता नवप्रवेशी म्यासेडोनियाको पछिल्लो ५ खेल भने उत्कृष्ट छ। पछिल्लो पटक विश्वकप छनोटको खेलमा जर्मनीलाई समेत हराएको म्यासेडोनियाले ३ खेलमा जित र १ खेल बराबरी गर्दा रोमानियासँग निराश भएको छ। म्यासेडोनिया युरोकपको पहिलो सहभागितामा नै उत्कृष्ट नतिजा ल्याउने धुनमा छ। 

यसअघि आजै हुने पहिलो खेलमा उपाधि दाबेदार मानिएका इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा भइरहेको छ।

लण्डनको वेम्बली स्टेडियममा घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ। आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न आतुर छन्। अहिलेसम्म दुवै टिमले उपाधि जित्न सकेका छैनन्।

आजको खेल इटालियन क्लब इन्टर मिलानका खेलाडीसमेत रहेका क्रोएसिया विंगर इभान पेरिसिच र म्यानचेस्टर सिटीका अट्याकिङ मिडफिल्डरसमेत रहेका इंग्ल्यान्डका रहिम स्ट्रर्लिङबीचको भिडन्तका रुपमा लिइएको छ।

सन् २०१८ को विश्वकपमा क्रोएसियालाई उपविजेता बन्न महत्वपूर्ण योगदान दिएका क्रोएसियाका इभानले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध गोल गर्न र गोलका लागि असिष्टसमेत उपलब्ध गराएका थिए। उता इभानसँग भने इटालिएन लिगमा गरेको प्रदर्शनको अनुभवलाई आजको खेलमा उतार्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.