|

काठमाडौं : काभ्रे र पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

काभ्रेमा सवारी दुर्घटनाका घाइते भएका एक जानको आइतबार मृत्यु भएको छ। यस्तै पाल्पामा आइतबार भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।

काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचारत मोटरसाइकल चालक बनेपा नगरपालिका–१ नालाका ३० वर्षीय अमिर लामिछानेको आइतबार मृत्यु भएका हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भूपेन्द्रबहादुर खत्रीका अनुसार बिहीबार बनेपा–७ चारदोबाटोबाट पनौतितर्फ जाँदै गरेको बा ३ ख ३२११ नं. को टिपरले विपरित दिशाबाट आउँदै गरेको बा ४७ प ५९५० नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लामिछाने गम्भीर घाइते भएका थिए। लामिछानेको टाउको र दुवै खुट्टामा गम्भीर चोट लगेको थियो।

प्रहरीका उनुसार दुवै सावरी साधन र टिपर चालक बनेपा इलाका प्रहरी कार्यालयका नियन्त्रणमा छन्। यस्तै पाल्पामा बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको बा४ख ७३२० टिपरले सोही दिशातर्फ गुडिरहेको प्रदेश ३–००१ क ०२५० नम्बरको टिपरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुवै टिपर सडकदेखि करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो। रिब्दीकोट गाउँपालिका–२ लघुवामा भएको दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मीको रुरु गाउँपालिका–२ का ४५ वर्षीय टंकबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। अन्य चार जना घाइते भएका छन्।

घाइते हुनेमा सोही गाउँपालिका–२ का ३८ वर्षीय अशोक कुँवर, सोही ठाउँका ४२ वर्षीया रमा कुँवर, ठेगाना नखुलेका ललितपुर घर भएका २६ वर्षीय राजेन्द्र बजगाई, नवलपरासीको सुनवल नगरपालिका–९ का २२ वर्षीय किसन कुँवर रहेको प्रहरीले जनाएको छ। घाइते चारै जनाको अवस्था गम्भीर रहेको छ।

घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। यता आजै सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ झुम्सामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का ३७ वर्षीय विष्णुहरी पाण्डे र गुल्मी रुरु गाउँपालिका–५ का ३६ वर्षीया सीता पाण्डे छन्। गम्भीर घाइते उनीहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ।

बुटवलदेखि पाल्पामा आउँदै गरेको लु१क १३१५ नम्बरको मिनी ट्रकले बुटवलतर्फ जाँदै गरेको लु ३२ प ७११४ नम्बरको मोटरसाइकललाई दिउँसो ठक्कर दिएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.