|

काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले रूपन्देहीमा रहेको अक्सिजन ग्यास प्लान्ट उद्घाटन गरेका छन्। 

नेपालमै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास प्रधानमन्त्री ओलीले भर्चुवल रुपमा आज गरेका हुन्। शिलान्यासलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अक्सिजनमा आत्मनिर्भरता कायम गर्ने प्रयास सह्रानीय भएको बताए। 

२०६० सालमा काठमाडाैंको बालाजु औद्योगिक क्षेत्रमा १०० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरेकोमा त्यसले अपुग भएपछि नवलपरासीको देवचुलीमा २५० क्युबिक मिटर प्रतिघण्टा र ८० क्युबिक मिटर प्रतिघण्टा समेत गरी जम्मा ४३० क्युविक मिटर क्षमताको प्लान्ट जडान गरिएको थियो। 

२०७१ सालमा रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि २५० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरी सेवा प्रदान गर्दै पनि आएको प्रालिले जनाएको छ। 

कोभिड–१९ को दोश्रो लहरको कारण मुलुकभर अक्सिजनको अभाव हुँदा प्रालिले पूर्ण क्षमतामा सञ्चालन गरेर आपूर्ति गरे पनि त्यसले पर्याप्त नभएको र अक्सिजनको हाहाकार भएकाले नेपालमै पहिलो पटक लिक्विड अक्सिजन प्लान्टको सुरुवात गर्न लागेको जनाएको छ।

करिब १ अर्ब रुपैयाँको लागतमा आगामी एक वर्षभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित रोहिणी गाउँपालिका वडा नम्बर ४ मा स्थापना हुन लागेको प्लान्टबाट ६० टन लिक्विड अक्सिजन र एक टन नाइट्रोजन ग्यास प्रतिदिन उत्पादन गर्न सकिने प्लान्टको आज २०७८ जेठ ३० गते आइतबार प्रधानमन्त्री श्री केपी ओलीबाट शिलान्यास भएको हो। 

यसले अक्सिजनको अभाव धेरै हदसम्म कम गर्ने अपेक्षा शंकर ग्यास प्रालिले राखेको छ। लागत, ढुवानीलगायत खर्चमा कमी हुने भएकाले सामान्य अक्सिजन ग्यासभन्दा यसको मूल्य कम पर्ने कारणले एउटै मूल्यमा देशभर अक्सिजन उपलब्ध गराउने प्रालिले दाबी गरेको छ।

सम्माननीय प्रधानमन्त्रीले उद्योग सञ्चालनले जनतालाई मात्र नभई उद्योगीलाई पनि अवसर प्रदान गरेको बताए। लिक्विड अक्सिजन प्लान्ट स्थापनामा सरकारले यसअघि घोषणा गरेको सहुलियत प्रदान गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। 

यस्तै कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री माननीय श्री हृदयेश त्रिपाठीले संकटको समयमा अक्सिजनको विषयमा सरकार, सरकारी निकाय र समाजका सबै अंगको सामूहिक प्रयासले नै यसलाई समाधान गरिएको उल्लेख गरे।

अक्सिजन प्लान्ट स्थापनाको लागि उद्योग सञ्चालकले सरकारलाई गरेको आग्रह मानेर नै सम्माननीय प्रधानमन्त्रीले पनि उद्योग स्थापनाको लागी सहज बनाउन पहल गरेका पूर्वस्वाथ्यमन्त्री त्रिपाठीले बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठले उद्योगलाई प्रदेश सरकारले पनि दिन सक्ने सहुलियत प्रदान गर्ने बचन दिए। यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय श्री शंकर पोखरेलले उद्योगको अवलोकन गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.