|

विराटनगर : प्रदेश १ सरकारलाई साढे ६२ लाख रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आइतबार हस्तान्तरण गरिएको हो।

युएनडिपीका तर्फबाट ६० वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ। ६० वटामध्ये १० लिटरको ३० वटा र पाँच लिटरको ३० वटा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए। शाहका अनुसार युएसएआडीको सुआहारा परियोजनाबाट पिपिई सेट १०० थान, सर्जिकल मास्क आठ हजार थान, ह्याण्ड सेनिटाइजर ५०० लिटरको ५० थान र के ९५ मास्क ३०० थान प्राप्त भएको छ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणमा सवैको सहयोग आवश्यक रहेको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.