|

सिन्धुपाल्चोक : मालबाहक सवारीसाधान चलाउन चौतारा पुरानो बजारको मौलिकता नै मासिने गरी पूर्वाधार निर्माण गर्न थालिएको छ। ढुंगा छापिएको सडकमा सामान तथा निर्माण सामग्री बोकेको मालबाहक गाडी चलाउन नमिलेपछि स्थानीय व्यापारीले मौलिकता नै मासेर सडकको ढुगा हटाएर ढलान गर्न थालिएका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित चौताराको पुरानो बजारमा छापिएको स्लेट ढुंगा हटाएर ढलान गर्न लागिएको हो। बागमती प्रदेश सरकारको ५० लाख रुपैयाँ सहयोगमा ढलान गर्न थालिएको हो। चौताराको पुरानो बजारस्थित भिमसेनथानदेखि छापको गर्चेखोलासम्म ढलान गर्नको लागि प्रदेश सरकारसँग रकम माग गरिएकोमा भिमसेनथानदेखि नारायणथान नजिकैसम्म ढलान गर्नको लागि छापिएको ढुंगा निकाल्न थालिएको हो।

अहिले पुरानो बजारको दोचाखोलादेखि कृष्ण मन्दिरसम्मको ढुंगा निकाल्न थालिएको छ। करिब १० वर्षअघि पुरानो झिकेर नयाँ ढुंगा छापिएको थियो। बजारमा केही ढुंगा बिग्रिएका थिए। 

वडा नम्बर ५ का वडाध्यक्ष नरमान श्रेष्ठले दोचाखोलाबाट मालबाहक सवारी साधन चलाउँदा केही ढुंगा फुट्न थालेको र ढल व्यवस्थापनका लागि मंगल ढाक्न प्रयोग गरिएको फलामे डण्डीको जाली समेत लच्किएपछि त्यसलाई हटाउन लागिएको बताउँछन्। आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी ठेक्का प्रकृयाबाट काम भइरहेको छ। तर, सीमित व्यक्तिको फाइदाका लागि बजारको मौलिकता मास्न नहुने स्थानीयहरु बताउँछन्। 

‘चौताराको पुरानो बजार छुट्टै ऐतिहासिक मौलिकता बोकेको बजार हो,’ स्थानीय कमलचरण कक्षपतिले भने, ‘केही सीमित व्यक्तिको स्वार्थका लागि गरिएको यस काम वाहियात हो। मौलिक संरचना मास्ने सोचाइ राख्नु नै गलत हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.