|

गोरखा : गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। 

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले नियुक्ति पाएको तेस्रो दिनमै नीति तथा कार्यक्रम ल्याउन लागेको हो। 

हिजो दिनभर नीति तथा कार्यक्रमको छलफलमा केन्द्रित रहेको नयाँ सरकारले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ। प्रदेशसभा बैठकअघि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितीको बैठक बस्ने प्रदेशसभा सचिवालयकी सूचना अधिकारी सपना अधिकारीले जानकारी दिइन्।  

नीति तथा कार्यक्रमको तयारी निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारले गरिरहेको थियो। तर सार्वजनिक हुने समय नजिकै आएका बेलामा सरकार नै परिवर्तन भएपछि नयाँ सरकारले निवर्तमान मुख्यमन्त्री गुरुङसँग समेत छलफल गरेको छ। नीति तथा कार्यक्रम तयारीको लागि समय निकै कम भएका कारण छोटो समयमा प्रभावकारी नीति तथा कार्यक्रम र बजेट कसरी ल्याउने? भन्ने बारेमा गुरुङसँग छलफल गरिएको सरकारका प्रवक्ता कुमार खड्काले बताए।  

नयाँ सरकारले आफ्नै तरिकाले पुरै नयाँ नीति तथा कार्यक्रम ल्याउन सक्ने अवस्था नरहेकोले पूर्व सरकारले तयार पारेको नीति तथा कार्यक्रममा केही हेरफेर गरेर पेस गर्ने तयारी भएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.