|

काठमाडौं :  काठमाडौं महानगरपालिकामा कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउन पुनः शुरु भएको छ।

जेठ २५ गतेबाट शुरु भएको खोप अभियान २८ र २९ गते भने रोकिएको थियो। रोकिएको खोप अभियान आजदेखि शुरु भएको हो। खोप अभियान भोलीि पनि सञ्चालन हुनेछ।

आजको खोप अभियानमा काठमाडौं महानगरपालिका भित्रका ६०-६१ वर्ष उमेर समुहका व्यक्ति, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड १९ का विरामीका प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सा, नरसिंह र पारामेडिक विद्यार्थी स्वास्थ्यकर्मीहरुलाई लगाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

खोप केन्द्र वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामति कर्मचारी अस्पताल नयाँ बानेश्वरमा सञ्चालन गरिएको छ। खोप केन्द्रमा गएर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिने काठमाडौं महानगरपालिकाले बताएको छ। 

खोप केन्द्रमा लक्षित उमेरसमूहकाहरू घाम पानी केही नभनी छाता ओढेर लाइन बसेका छन्। 

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.