|

काठमाडौं : नेपाली कांग्रेसको संगठन विभागले प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक कदम असफल भएपछि अत्तालिएको बताएको छ।

संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गरी ओली असंवैधानिक कदमबाट पनि असुरक्षित भएपछि महान्यायाधीवक्तामार्फत सर्वोच्च अदालतलाई थर्काउन लागिपरेको आरोप लगाएका छन्। 

‘राजनीतिक नैतिकतालाई लत्याउँदै पटक–पटक मन्त्रिपरिषद् विस्तार गर्ने, सत्ता सौदाबाजीका लागि राष्ट्रिय महत्व र दूरगामी असर राख्ने संसदमा विचाराधीन नागरिकता विधेयकलाई समेत अध्यादेशमार्फत ल्याएर राजनीतिक द्वन्द निम्त्याउने कार्य भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारको यस्ता असंवैधानिक, अपरिपक्व र जनविरोधी कार्यविरुद्ध अदालतले देखाएको न्यायिक सक्रियताको कारण सरकार एकपछि एक राजनीतिक, संवैधानिक र कानुनी मोर्चामा पराजित हुँदै गएको कांग्रेसले जनाएको छ।

अत्तालिएको सरकार आफ्नो उद्देश्य पूरा नहुने देखेर महान्यायाधिवक्तामार्फत न्यायालयलाई धम्काउने अलोकतान्त्रिक प्रयासमा लागेको विज्ञप्तिमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.