|

सुर्खेत : एमालेबाट निष्कासित चार सांसदहरु एमाले नै भएको घोषणा गरिएको छ। कर्णालीका सभामुख राजबहादुर शाहीले सर्वोच्चको आदेशले पुनर्वहाली भएका चार जना एमाले संसदीय दलको सदस्यका रुपमा फर्किएको पत्र प्रदेशसभामा पढेर सुनाएका हुन्।

प्रदेशसभाको नीति तथा कार्यक्रमको छलफलमा सम्बोधन गर्दै सभामुख शाहीले एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सर्वोच्च अदालतको आदेश अनुसार नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गरे।

सभामुखले पत्र पढेर सुनाएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलले एमालेका सांसद लिएर सरकार चलाउने कुरा मान्य नहुने बताएका छन्।

कँडेलले भने ‘यो दलीय व्यवस्था हो, यहाँ एउटा दलको सदस्य हुने व्यक्तिले अर्को दलको सेवा गर्न मिल्दैन।’ मुख्यमन्त्री नेकपा माओवादीका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए पछि एमालेले कारबाही गरेको थियो। कारबाहीको निर्णयविरुद्ध उनीहरु सर्वोच्च पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.