|

सुर्खेत : कर्णाली प्रदेश सभा सदस्य तथा सत्तापक्ष नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको आस कांग्रेसले राखिराख्नुपर्ने बताएका छन्।

प्रतिपक्ष तथा एमालेप्रति लक्ष्य गर्दै नेता शाहीले 'जसरी मुख्यमन्त्री पाउने आसमा जोस र जाँगर छ, त्यसैगरी झनै बढ्दै जावोस्, शुभकामना' भन्दै व्यंग्य गरेका हुन्। 

सोमबार कर्णाली प्रदेशसभाको बैठकमा एमालेका चार सांसद पुनर्वहाली भएकोतर्फ इंगित गर्दै नेता शाहीले एमालेका सांसदलाई आफूहरूले जबर्जस्ती सरकारमा नराखेको, उनीहरुलाई जान पनि नरोकेको बताए। शाहीले भने, ‘कानुनी रूपमा दलीय संरचना बदलिएको छ। उनीहरूलाई सरकारले अपहरण शैलीमा मन्त्री खाइदिन अनुरोध गरिएको छैन।’

नेता शाहीले पुनर्वहाली भएका सांसदलाई रोष्ट्रममा उभिएको खण्डमा खबरदार भनेर ती मन्त्रीलाई नबोल्न एमालेले नै भनेको र एक जनालाई अपराधी नै हो अधिवेशनमा नल्याउनु होला भनेर भन्ने पनि एमाले नै रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.