|

बारा : कोभिड-१९ खोप माग गर्दै नेपाल आयल निगम अम्लेखगञ्ज डिपोका पेट्रोलियम टंयाकर चालक तथा सहचालकले सम्पूर्ण काम ठप्प पारेर हडताल गरेका छन्।

नेपाल पेट्रोलियम टयाङ्गकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ अम्लेखगञ्ज इकाई समितिले संयुक्त ज्ञापनपत्र बुझाएर कोभिड खोप नपाएसम्म अम्लेखगञ्ज डिपोबाट हुने लोड अनलोडका सबै काम ठप्प पार्ने जनाएको छ। अम्लेखगञ्ज डिपोमा डिजल पाइपलाइनमार्फत आए पनि पेट्रोल भने भारतको बरौनीबाट (दैनिक ३० टयाङ्गकर) आउने गर्दछ।

टयांकर संघ अम्लेखगञ्जका अध्यक्ष विजय घलानले जेठ ९ गतेदेखि नै कोभिड खोप माग गरे पनि आजसम्म उपलब्ध नभएकोले हड्ताल गर्नुपरेको बताए। अम्लेखगञ्ज डिपोअन्तगर्ग मात्रै झण्डै १ हजार चालक, सहचालक छन्।

अम्लेखगञ्जबाट बरौनीका लागि छुटेका टयांकरहरू लोड भएर तेस्रो दिन अम्लेखगञ्ज आइपुग्छन्। 'भारतमा हाम्रा चालक, सहचालकहरू खाना, खाजा, पानीका लागि स्थानीयसँग हेलमेल हुँदा कोभिडको जोखिम धेरै छ,' घलानले भने, 'टयाङ्गकर चालकहरूले कोभिड सुरक्षा साम्रगी अपनाए पनि जोखिम भएकाले  हाम्रो आमहड्ताल खोप नपाउँदासम्म जारी रहन्छ।'

निगमले देशभर रहेका डिपोमध्ये थानकोट,अम्लेखगञ्ज, वीरगञ्ज, पोखरा डिपोका चालक, सहचालकलाई कोभिड खोप उपलब्ध गराउन सकेको छैन।

आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख  प्रदिप यादवले अग्रपंक्तिमा रहेर काम गर्नेलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन नसकेको बताए। चालक, सहचालकका मागका विषयमा निगम केन्द्रीय कार्यालय र स्थानीय प्रशासनलाई जानकारी गराइसकेको यादवले जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.