काठमाडाैं : चेक रिपब्लिकले युरोकपमा विजयी सुरुवात गरेको छ। आज राति सकिएको खेलमा चेकले स्कटल्याण्डमाथि २-० को सहज जित निकालेको हो।
प्याट्रिक सिकले १० मिनेटको अन्तरमा दुुई गोल गरेपछि चेकले स्कटल्याण्डलाई हरायो समूह ’डी’ रहेका यी दुई टोलीको खेल स्कटल्याण्डको ग्लासगोस्थित हामडेन पार्कमा भएको थियो।
तर यी दुई टिमबीच भएका म्याचमा स्कटल्याण्ड हाबी देखिएको छ। आजसम्म भएका यसअघिका जम्मा ९ भेटमा स्कटल्याण्डले ५ पटक बाजी मार्दा पोल्याण्डले भने मात्र तीन पटक जित निकालेको छ। १ खेल बराबरीमा सकिएको थियो।
स्कटल्याण्ड २५ वर्षपछि पहिलो पटक युरोकपमा छनोट भएको हो। उसले सन् १९९६ मा युरोकप खेलेको थियो।
यस्तै आजै राति सकिएको खेलमा बलियो मानिएको पोल्याण्ड स्लोभाकियासँग पराजित हुन पुगेको छ। पोल्याण्डले खेलको १८ औं मिनेटमा आत्मघाती गोल खान पुग्यो। उसका गोल रक्षक वसिच ज्यासनीले बल नियन्त्रण गर्नेक क्रममा बलले पोलेको दिसा लिएको थियो।
पोल्याण्डका खेलाडी ६२ औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। त्यसअघि ४६ औं मिनेटमा कारोल लिनेटीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर १० खेलाडीमा समेटिएपछि पोल्याण्डले ६९ मिनेटमा थप एक गोल खायो। स्लोभाकिका लागि मिलन स्क्रिनरले गोल गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।