|

हेटौंडा : बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले तीनवटा विषय बढाउने अनुमति दिएको छ। 

प्रतिष्ठान स्थापना भएको पहिलो वर्षमा नै चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रको लागि तीनवटा विषय अध्यापन गराउने अनुमति दिएको हो।

आयोगले आगामी शैक्षिक सत्रका लागि प्रतिष्ठानलाई ८० सिट निर्धारण गरेको छ। बीपीएचमा २०, बिफार्मा ३० र बिएस्सी एमएलटीमा ३० सिट तोकिएको छ।

प्रतिष्ठानले चालु आर्थिक वर्षमा तीनवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रजिष्टार राजेश प्रसाईंले जानकारी दिए। आगामी वर्षदेखि शैक्षिक कार्यक्रम थप गर्दै एमबीबीएस पनि अध्यापन गराइने उनले बताए।

प्रतिष्ठानमा सिट तोकिएकाहरूले ७५ प्रतिशत छात्रवृत्तिमा पढ्न पाउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.