|

पाल्पा : पाल्पामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ। तानसेन नगरपालिका–१ भुसलडाँडाकी ३६ वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा सोमबार राति पौने तीन बजे मृत्यु भएको हो।

अस्पतालका प्रवक्ता कृष्णप्रसाद पराजुलीका अनुसार ती महिलालाई श्वासप्रश्वासको समस्या आएपछि पाँच दिनअघि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो। अक्सिजनको मात्रा कम भएपछि उनलाई थप उपचारका लागि गत आइतबार लुम्बिनी मेडिकल कलेजमा रेफर गरिएको थियो। भेण्टिलेटरमा राखेर ती महिलाको उपचार भइरहेको थियो। 

महिलाको शव स्वास्थ्य मापदण्डको पालना गरेर परिवारका सदस्यले आजै राम्दीघाटमा दाहासंस्कार गर्ने जनाइएको छ। 

यससँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ। सोमबारसम्म पाल्पामा कोरोना संक्रमितको संख्या ६ हजार ५५५ पुगेको छ। संक्रिय संक्रमितको संख्या ७०० रहेको छ। जसमध्य ५३ जनाको अस्पतालमा उपचार भइरहेको छ। ६४७ जना होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.