|

काठमाडौं पोर्चुगिज युभेन्टस् स्टार क्रिस्टियानो रोनाल्डो युरो कप अन्तर्गतको खेलमा आज मैदान उत्रँदै छन्। उनले क्लब फूटबल र देशका लागि खेल्दा एकपछि अर्को रेकर्ड आफ्नो नाममा पार्दैछन्।

जारी युरोपियन च्याम्पियनसिपमा रोनाल्डो पुन: एकपटक धेरै रेकर्डहरू आफ्नो नाममा पार्नका लागि मैदान उत्रने पक्का छ।

रोनाल्डो मंगलबार हंगेरीविरुद्ध मैदान उत्रँदै गर्दा सर्वाधिक धेरै ५ पटक युरो खेल्ने खेलाडी बन्नेछन्। यसअघि १७ खेलाडीले चारपटक युरो खेलेका छन्। २०१६ मा भने ११ खेलाडीले चौंथो पटक प्रतियोगिता खेलेका थिए।

२००४ युरो कपमा डेब्यू गरेयता उनले ४ युरो कपमा २१ खेलमा ९ गोल गरेका छन्। उनी फ्रान्सका पूर्व फूटबलर माइकल प्लाटीनीले ९ गोलको कीर्तिमान जारी प्रतियोगितामा एक गोल गर्न सफल भए तोड्न सक्षम हुने छन्।

रोनाल्डो यो प्रतियोगितामा ६ गोल गर्न सफल भएमा उनी सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्नै खेलाडी बन्ने छन्। अहिलेसम्म कुल १०४ अन्तराष्ट्रिय गोल गरेका रोनाल्डोले जारी प्रतियोगितामा ६ गोल गर्नसके इरानका पूर्व फूटबलर अली डेइको १०९ गोलको कीर्तिमान तोड्ने छन्।

यदि रोनाल्डोको पोर्चुगलका उपाधि जितेमा उनले स्पेनका कप्तान इकर कासिलासको लगातार २ पटक उपाधि जितेको रेकर्ड बराबरी गर्नेछन्। कासिलासले सन्‌ २००८ र २०१२ मा उपाधि जित्दै रेकर्ड बनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.