|

भारतमा आइतबार ६० हजार ४७१ व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ। सोमबार भारतमा ७५ दिनयताकै यो सबैभन्दा कम कोरोना संक्रमित फेला परेको हो।

गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण २ हजार ७२६ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कुल व्यक्तिको संख्या ३ लाख ७७ हजार ३१ भएको जनाइएको छ। हाल कोरोना संक्रमितको कुल संख्या २ करोड ९५ लाख ७० हजार ८८१ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा १ लाख १७ हजार ५२५ जना कोरोना भाइरस संक्रमित मुक्त भएका छन्। यसैसँग भारतमा २ करोड ८२ लाख ८० हजार ४७२ जना कोरोनामुक्त भएको बताइएको छ। भारतमा कोरोना भाइरस संक्रमण मुक्त हुने दर ९५ दशमलब ६४ प्रतिशत रहेको छ। हाल यहाँ ९ लाख १३ हजार ३७८ जना सक्रिय संक्रमित रहेका छन्। कोरोना सुरु भएयता हालसम्म ३८ करोड १३ लाख ७५ हजार ९८४ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ।

गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि जुन १३ तारिखसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.