|

जनकपुरधाम : प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि आज (मंगलबार) प्रदेश सभामा बजेट पेश गर्दैछ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आज दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट पुस्तिका (रातो किताब) तयार गर्ने काम राति अबेरसम्म भएको मन्त्रालयले जनाएको छ।

मन्त्री यादवले कोरोना भाइरसको महामारी र त्यसबाट प्रभावित क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको बताए। उनले भने, ‘बजेटमा कोरोना भाइरसबाट प्रभावित क्षेत्रहरूलाई उच्च प्राथमिकता राखेर बजेट विनियोजन गरिएको छ।’ उनले स्वास्थ्य, कृषि, सिँचाइलाई बजेटमा विशेष महत्व दिएको बताए।

मन्त्री यादवले भने, ‘महामारीका कारण रोजगारी गुमाएकाहरूलाई रोजगारी प्रदान गर्न रोजगारीका लागि आवश्यक कार्यक्रम ल्याइँदैछ, कोरोना प्रभावित क्षेत्रहरूलाई बजेटमा विशेष ध्यान दिइएको छ।’ बजेटमा चालुभन्दा विकास खर्च बढी रहेको र करका नयाँ स्रोतहरू समेत पहिचान गरिएको उनले बताएका छन्‌।

मन्त्री यादवका अनुसार बजेट राशी चालु आर्थिक वर्ष २०७७/०७८ कै हाराहारीमा रहनेछ। ​खासगरी भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, उर्जा मन्त्रालय र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री आएपछि योजनाको छनौट र बजेटको बाँडफाँड गर्ने समय अभाव भएकाले अबण्डा रकम राखिएको बताइएको छ।

स्रोतका अनुसार चालु बाहेक विकासतर्फ झण्डै ४० प्रतिशत रकम अबण्डा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.