|

काठमाडाैं : १६ औं संस्करणको युरो कप फुटबलमा आज (मंगलबार) ग्रुप अफ डेथ मानिएको समूह 'एफ' का दुई खेलहरु हुँदैछन्। युरोकपको स्वाद चाखिसकेका ३ देशले आज प्रतिस्पर्धा गर्दैछन्।

पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ।

आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ। यी दुईबीचको खेल राति पौने १ बजे जर्मनीकोम्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ।

घरेलु टिमको चुनौती चिर्दै फ्रान्स तेस्रो पटक युरोकप जित्ने अभियानमा दौडने प्रयासमा छ भने घरेलु मैदानको फाइदा उठाउँदै जर्मनी युरोकपको चौथो उपाधि कब्जा गर्ने अभियानमा अग्रसर हुने ध्याउन्नमा हुनेछ।

दुवै टोली विश्व विजेता र युरोकप विजेता भइसकेका टिम हुन्। उपाधिकै दाबेदार दुवै टोली पहिलो खेलमै जित निकाल्दै अगाडि बढ्ने योजनामा छन्। खेलमा दुवैको स्तर एउटै खाले भएकाले खेलमा बराबरी पनि हुनसक्ने अनुमान विश्लेषकहरुले गरेका छन्।

फ्रान्स र जर्मनीबीच अहिलेसम्म ठूला प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ। जसमा दुवैले २/२ खेल जित्दा दुई खेल भने बराबरीमा सकिएको छ। फ्रान्स विश्व वरीयताको दोस्रो स्थानमा रहदा जर्मनी १२ औँ स्थानमा छ।

जर्मनीमा गोल रक्षक म्यान्युर नोयर, थोमस मुलर, टोनी क्रुस, ज्योसुवा किमिचलगायत चर्चित खेलाडी छन्। जर्मनी एउटा सदाबहार आक्रमक खेल्ने टोली हो। फ्रान्समा करिम बेन्जिमा फकिएका छन्। ​किलियन एम्बापे, ग्रिजम्यान, एन्गोलो कान्टेलगायत राम्रा खेलाडी पनि फ्रान्ससँग छन्। 

यसैगरी साविक विजेता पोर्चुगलले आज राति हंगेरीसँग खेल्दैछ। हंगेरीकै घरेलु मैदान बुडापेस्टस्थित पुस्कास एरिनामा राति पौने १० बजे खेल सुरु हुनेछ। युरोकपको उपाधि जितेर उच्च मनोबल बनाउको पोर्चुगल सुखद् सुरुवात गर्ने योजनामा हुँदा घरेलु टिम हंगेरीलाई पनि कमजोर आँक्न मिल्दैन।

पोर्चुगल  विश्व वरीयताको पाँचौ स्थानमा तथा हंगेरी ३७ औँ स्थानमा रहेका छन्। यी दुई टोलीबीच भएको ९ खेलमा ५ खेल पोर्चुगलले जित्दा ४ खेल बराबरीमा सकिएको छ।

पोर्चुगल क्रिश्चियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, क्वाते, पेपे, रोबिन डियाजलगायत अनुभवी खेलाडीको साथमा मैदानमा उत्रँदैछ। रोनाल्डो अहिले पनि फर्ममा रहेका छन्।

प्रत्येक समूहबाट समूहका विजेता र उपविजेता अर्को राउण्डमा प्रवेश गर्नेछन्। जसमा १२ वटा मात्र टिमको टुंगो लाग्नेछ। बाँकी ४ टिम भने ६ वटा समूहका तेस्रो हुने उत्कृष्ट चार टिमले प्रिक्वार्टरफाइनलमा प्रवेश पाउनेछन्।

१६ संस्करणसम्मको युरोकपमा जर्मनी र स्पेनले ३–३ संस्करण जित्दा फ्रान्सले २ पटक उपाधि आफ्नो पक्षमा पारेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.