|

काठमाडौं : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले मंगलबार प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट पेश गरेका हुन्।

बजेटमा पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ तथा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र विनियोजन गरिएको छ। चालु आवको भन्दा आगामी आवको बजेट साढे ३ अर्बभन्दा बढी हो। चालु आवमा ३७ अर्ब ३५ करोडको बजेट थियो। 

बजेटमा स्वास्थ्य, कृषि, रोजगारी वृद्धि र आर्थिक क्षेत्रको पुनरुत्थानलाई प्राथमिकतामा राखिएको छ। महत्वाकांक्षी र नयाँ योजना समावेश नगरिएको बजेटमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम, स्मार्ट कृषि गाउँ लगायतका  कार्यक्रमलाई निरन्तरता दिइएको छ।

कोरोना नियन्त्रणका लागि परीक्षणको दायरा बढाउन, अक्सिजनको आपूर्ति सहज बनाउन, निःशुल्क उपचारको व्यवस्था मिलाउन, स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टिन तथा आइसोलेसन केन्द्रको व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चौधरीले जानकारी दिए।

प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरी उपत्यका क्षेत्रमा राजधानीको गुरुयोजना, जग्गा प्राप्ति, ल्याण्ड पुलिङ, पूर्वाधार निर्माण लगायतका काम गर्न पनि बजेट छुट्याइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.