|

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको छ। अविरल वर्षापछि आएको बाढीले ठूलो क्षति गरेको आकलन गरिएको छ।

बाढीपछि मेलम्ची तथा इन्द्रावती खोलाको बहाव उच्च बनेको छ। अविरल वर्षापछि बाढीले नदी आसपासका केही व्यक्ति, ग्याल्थुममा रहेको ट्राउट फर्म, रिसोर्ट बगाएको हुन सक्ने प्रहरीले बताएको छ। 

भहेलम्बुदेखि मेलम्चीसम्म स्थानीयबासीको भागाभाग भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। मेलम्चीबाट काठमाडौं लगिएको पानीसमेत आजबाट बन्द गरेपछि मेलम्ची खोलामा पानीको बहाव उच्च बनेको हो।

बाढीले के कति क्षति भयो भने विस्तृतमा आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.