|

काठमाडाैं : नेकपा एमाले नेता गोकुल बाँस्कोटाले विपक्षी तीन दलको गठबन्धनप्रति हास्यास्पद टिप्पणी गरेका छन्। 

पूर्वमन्त्री बास्कोटाले एमाले ध्वस्त पार्न नेकपा माओवादी अध्यक्ष 'प्रचण्ड' र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लागिपरेका आरोप लगाएका हुन्। 

एमाले ध्वस्त पार्न प्रचण्ड र देउवाले माधव नेपाल निवास कोटेश्वरमा युरिया मल हालेका तर पोटास र फस्फोरस थियो थिएन ? भनी प्रश्नमार्फत व्यंग्य गरेका छन्। उनले ट्विटमार्फत लेखेका छन् - अब एमाले कस्तो सप्रेला वा थप पहेंलिएला हेर्नु छ?

हिजो माओवादी अध्यक्ष दाहाल कांग्रेस सभापति देउवा र एमाले वरिष्ठ नेता माधव नेपालबी कोटेश्वरमा भेटवार्ता भएको थियो। उक्त छलफलमा तीन जना नेताले सरकारविरुद्ध एक भएर जाने र तल्लो तहसम्मको गठबन्धनलाई निरन्तरता दिने निष्कर्ष निकालेका थिए। 

यसप्रति लक्ष्य गर्दै नेता बास्कोटाले व्यंग्य गरेका हुन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.