|
तस्वीरहरू : स्थानीय युवाहरूको सामाजिक सञ्‍जालबाट ।

सिन्धुपाल्चोक : अविरल मनसुनी वर्षापछि बाढीपहिरो चल्दा सिन्धुपाल्चोकमा कयौं मानिस बेपत्ता भएका छन्‌ भने बस्ती, पूर्वाधार संरचना र खेतीयोग्य जमिनमा निकै क्षति पुगेको छ। 

मेलम्ची र इन्द्रावती नदीमा ठूलो बाढी आएको र ५० जनाभन्दा धेरै मानिस बेपत्ता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन्‌। उनी सिन्धुपाल्चोकबाटै निर्वाचित जनप्रतिनिधि हुन्‌।

​तामाङका अनुसार बाढीले मेलम्ची खानेपानीको बाँध बगाएको छ। तिम्बु, बजार, तालामाराङ, मेलम्ची र याङ्री बजार क्षतविक्षत बनाएको छ। यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल र बाहुनेपाटी पूल पनि बगाएको छ।

नदी किनाराका सम्पूर्ण संरचना बाढीले ध्वस्त बनाउँदा अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको मन्त्री तामाङले जानकारी दिएका छन्‌। उनले राहत तथा उद्दारमा जुट्न पनि अनुरोध गर्दै प्रभावित क्षेत्रमा आजै पुग्ने बताएका छन्‌।

​मंगलबार बेलुकीतिर मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढीले भौतिक र मानवीय क्षति निकै गराएको स्थानीयवासीले जानकारी दिएका छन्‌। नदी किनारका बासिन्दा थातथलो छाडेर ज्यान जोगाउन उच्च भूभागतिर गएका छन्‌।

तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.