|

स्याङ्जा : भीरकोट नगरपालिका–३ स्थित आँधीखोलामा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो।

बुधबार बिहान करिब ६ बजे स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय वालिङ र दहथुम प्रहरी चौकी बयरघारीबाट गएको प्रहरीको टोली र स्थानीयले शव निकालेका हुन्। अन्दाजी ५०/५५ वर्षको जस्तो देखिने पुरुषको शवको सनाखत हुन सकेको छैन। शवलाई पोष्टमार्टमका लागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा ल्याइएको छ।

आँधीखोला बढेर आएसँगै माथितिरबाट बगाएर ल्याएको हुनसक्ने भएकाले उक्त ठाउँभन्दा माथिका आँधीखोला तथा सहायक खोला छेउछाउका बस्तीहरुमा पहिचानका लागि सूचना गरिएको प्रहरी प्रवक्ता अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.