|

सिन्धुपाल्चोक/काठमाडौं : सिन्धुपाल्चोक जिल्लाको ब्रम्हायणी नदीको बहाव घटेको छ। अविरल वर्षासँगै जुगल गाउँपालिका भएर बग्ने नदीको बहाव मंगलबारदेखि बढेको बहाव केही बुधबार बिहानबाट केही कम भएको हो।

नदीको बहाव हालसम्मकै उच्च रहेकाले सबै विवरण आइनसकेको जुगल गाउँपालिकाको उपाध्यक्ष सिर्जना तामाङले बताइन्। उनका अनुसार जुगल ३ को तेम्बाथानको निमाडोलको भिर खसेर नेसमखोला पुल पुरेको छ।

उपाध्यक्ष तामाङका अनुसार पहिरोले तेम्बाथान, तेगा, दिपुका बस्तीसँगको पैदलमार्गको सम्पर्कसमेत टुटेको बताइन्।

उनले भनिन्, ‘नदी किनारमा रहेको जुगलको माथिल्लो बस्ती दिपु पनि कटानमा परेको छ। मानवीय क्षति भएको छैन। तर, जोखिम कायम नै छ।‘

स्यावलपोखरी आसपासमाका स्थानीयका अनुसार छेन्ताङबाट उत्तरतर्फ लाङटाङ खोलाको दायाँपट्टिको जंगलमा ठूलो पहिरो गएको  देखिएको उनले बताइन्।

‘त्यहि पहिरो थुनिएर खोलिँदा ब्रम्हायणी बढेको हुन सक्छ। त्यस पहिरो आसपासमा बस्ती नभए पनि चौरी खर्कहरु रहेकोले सम्पर्कको प्रयास भइरहेको छ’ उनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.