२३ शव ल्याइयो, ६० वटा ल्याउन बाँकी

|

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको शव विदेशमै थुप्रिन थालेको छ। निषेधाज्ञाका कारण नियमित उडान नहुँदा शव ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

बोर्डले निषेधाज्ञाको समयमा ३२ वटा शव नेपाल ल्याएको छ। नियमित उडान बन्द भएपनि चार्टर उडान‍मार्फत विदेशमा अलपत्र परेको शव ल्याइएको बोर्डका निर्देशक राजन श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार कुवेत, कतार र बराइन लगायतका देशवाट शव ल्याइएको हो। वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको ६० वटा शव ल्याउने तयारी भइरहेको उनकाे भनाइ छ। 

बोर्डका निर्देशक श्रेष्ठका अनुसार मलेसिया र साउदी अरेबियाबाट शव ल्याउन बाँकी छ। नियमित उडान सञ्चालन भए लगत्तै शव नेपाल ल्याउने तयारी भइरहेको छ। गत वर्ष पनि लकडाउनका कारण महिनौ सम्म सयौँ शवहरू विदेशमा अड्किएका थिए। 

लामो समयसम्म शव ल्याउन नसक्दा समस्या भएपछि बोर्डले मृतकको अन्त्येष्टि सम्बन्धित मुलुकमै गर्न आफन्तहरूलाई प्रेरित गरेको थियो। सम्बन्धित गन्तव्य मुलुकमै अन्त्येष्टी गरिएका मृतकका परिवारलाई सान्त्वना स्वरुप ५० हजार दिने निर्णय बोर्डले गरेको थियो।

त्यसबेला उक्त निर्णयको चर्काे आलोचना समेत भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.