|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले मातहतका सबै कमिटीलाई विपद्‌ग्रस्त क्षेत्रमा खटिन निर्देशन दिएको छ।

वाईसीएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' र महासचिव सुवोधराज शेर्पालीले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहसम्मका सबै कमिटीलाई जनचेतना,  राहत, उद्दारमा खट्न, जोखिमका क्षेत्रहरूको पहिचान गरी अस्थायी रूपमा मासिहरूलाई स्थानन्तरण गर्ने कार्यमा परिचालित हुन निर्देश गरेका हुन्‌। 

विपत्तिको यो घडीमा स्थानीय तहसम्मका सबै कमिटीहरूलाई प्रशासनिक निकाय, सामाजिक संघसंस्था तथा अन्य संगठनहरुसँग सहकार्य गरी जोखिम र प्रभावित क्षेत्रमा तत्काल परिचालित हुन वाईसीएलले आह्वान गरेको हो।

पूर्वानुमान अनुसार अबका केही दिन अझै वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सरकारलाई सबै संयन्त्र परिचालन गरी क्षति न्यूनीकरणका काम तत्काल शुरू गर्न माग गरेको छ।

केही दिनयता देशभर परिरहेको अविरल वर्षा र त्यसले पुर्‍याएको क्षतिबारे आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सो संगठनले मनाङ, दाङ, पाल्पा, म्याग्दी, बाग्लुङ, कास्की र सिन्धुपाल्चोकमा हुन गएको क्षति सामान्य विज्ञप्तिमा लेखेको छ। 

गएराति सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र आएको बाढीले पुर्‍याएको जनधनको क्षति झन अकल्पनीय रहेको वाईसीएलले सो वक्तव्यमा उल्लेख गरेको छ।

वाईसीएलले प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाएकाहरूमा श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना दिएको छ। साथै, दु:खको घडीमा साथै उभिने प्रण पनि गरेको छ।

वाइसीएलले जारी गरेको प्रेस विज्ञप्ति :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.