|

भक्तपुर : भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्‌।

२१ हजार २३४ जना संक्रमितमध्ये मंगलबार साँझसम्म भक्तपुरमा २० हजार २१६ जना संक्रमणमुक्त भएका हुन्। जुन कुल संक्रमितको ९५ दशमलव २० प्रतिशत हो।

संक्रमितको संख्या घटेसँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्युदर समेत घटेको छ। यहाँ जेठ २५ गते यता एक जनाको मात्र कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।

जेठ २४ गते एकैदिन तीन जनाको मृत्यु भएको थियो। त्यसयता जेठ २८ गते एक पुरुषको मात्र मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए। 

भक्तपुरमा हालसम्म २७७ जना कोरोना संक्रमितको मृत्यु भएको मिजारले जानकारी दिए। ती मध्ये १८० पुरुष र ९७ महिला छन्‌।

​स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी मध्यपुर थिमि नगरपालिकामा ६३ पुरुष र २८ महिला गरी ९१ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ। भक्तपुर नगरपालिकामा ७४ जनाको मृत्यु भएको छ।

ती मध्ये ४४ पुरुष र ३० महिला छन्‌। सूर्यविनायक नगरपालिकामा ४७ पुरुष र २८ महिला गरी ७५ जनाले ज्यान गुमाएका छन्‌। त्यस्तै, चाँगुनारायण नगरपालिकामा २६ पुरुष र ११ महिला गरी ३७ जना संक्रमितको मृत्यु भएको मिजारले बताए।

भक्तपुरमा कोरोना संक्रमण घटेसँगै अस्पताल र आइसोलेसन केन्द्रहरू धमाधम खाली हुन थालेका छन्‌। स्वास्थ्य कार्यालयका अनुसार यहाँ ५७ जनामात्र अस्पताल र आइसोलेसन केन्द्रमा उपचाररत छन्‌। ती मध्ये २९ पुरुष र २८ महिला छन्‌।

यहाँ सक्रिय संक्रमित मध्ये ३२५ पुरुष र ३५९ महिला गरी ६८४ जना होम आइसोलेसनमा छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.