|

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित गौतमटोलमा पहिरोले एक घर पुरिएको छ। दुई घर जोखिममा रहेका छन्।

स्थानीय दीपक नेपालीको पसल रहेको घर पुरिएको हो। चार दिनदेखि परेको अविरल वर्षासँगै माथिबाट झरेको पहिरोले घर पुरिएको बिर्घा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रिखाईप्रसाद चौधरीले बताए। पहिरो झर्ने खतरा भएपछि पसलबाट सबै सामग्री यसअघि नै निकालिएको थियो। सानो टिनको छाप्रो पुरिएको उनले बताए। मानवीय क्षति भने भएको छैन्। समयमै सचेतना अपनाएका कारण अन्य क्षतिसमेत बढी हुन पाएन।

पहिरोले सोही ठाउँका प्रेम नेपालीको घर उच्च जोखिममा परेको छ। निर्माणाधीन पक्की घर पहिरोले बगाउने अवस्थामा रहेको चौधरीले बताए। अझै केही समय वर्षा भइरहे पहिरोले उक्त घर बगाउने खतरा छ। अहिले त्रिपाल टाँगेर जोखिम रोक्ने प्रयास भइरहेको छ। गत वर्ष पनि नेपालीको घर पहिरोले पुरिएको थियो। उनीसँगै छिमेकीको घर पहिरोले पुरिंदा १ जनाको मृत्यु भएको थियो। २ घर विस्थापित भएका थिए।

यस्तै सोही ठाउँका कपिल नेपालीको घर पनि पहिरोको उच्च जोखिममा परेको छ। उनका परिवार विस्थापित भएका छन्। उनका परिवारलाई छिमेकीको घरमा राखिएको प्रसनि चौधरीले बताए। माथिबाट पहिरो झरेकाले घर पुरिन सक्ने खतरा रहेको छ। उनका अनुसार अन्य घरसमेत जोखिममा रहेकाले सचेत रहन भनिएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.