|

काठमाडौं : काठमाडौं उपत्यकामा थप चार सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन सय ५४,भक्तपुरमा ७९ र ललितपुर जिल्लामा ६६ जना संक्रमित भेटिएका छन्।

काठमाडौंमा ७ हजार तीन सय ३७ जना सक्रिय संक्रमित छन् भने हालसम्म १७ सय ९१ जनाको कोरोनाबाट मृत्यु भएको छ। भक्तपुरमा दुई हजार तीन सय  २८ जना सक्रिय संक्रमित छन् भने,तीन सय ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै,ललितपुरमा हाल तीन हजार ५७ जना सक्रिय संक्रमित छन् भने पाँच सय १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.