|

बझाङ : बझाङ जिल्ला नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य मिश्र रोकायाको निधन भएको छ।

खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँ घर भएका रोकायालाई दुई हप्ता अगाडि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। केही दिन जिल्ला अस्पताल सिमखेतमा उपचार गराई रहेका नेता रोकायाको डडेल्धुरा प्रादेशिक अस्पतालमा थप उपचार उपचार भइरहेको थियो।

रोकायालाई डडेल्धुरा अस्पतालमा उपचार गरेपछि कोरोना नेगेटिभ आए पनि स्वास्थ्यमा केही सुधार नआएपछि रोकायालाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी भए पनि मौसम खराबीका कारण लान नसकिएको आफन्तहरूले बताए।

रोकायाको कोरोना नेगेटिभ देखिएको ३ दिन नबित्दै निधन भएको छ। रोकाया नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला कमिटी सदस्य, खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य,२०७४ सालको चुनावमा खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्‍मेद्धारसमेत रहेका थिए।

रोकायाको परिवारमा आमा बुवा, श्रीमती, दुई छोरा र एक छोरी छन्। उनको निधनले खप्तड छान्ना गाउँपालिकाले एक असल अभिभावक गुमाएको रोकाया आफन्तसमेत रहेका वडाअध्यक्ष भीम रोकायाले बताए।

र्व-वनमन्त्री जोशीद्वारा दु:ख व्यक्त

नेकपा एमाले जिल्ला कमिटी सदस्य, खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य मिश्र रोकायाप्रति नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्व-वनमन्त्री भानुभक्त जोशीले दुख व्यक्त गरेका छन्।

साथै अनेरास्ववियुका केन्द्रीय कमिटी अध्यक्ष ऐन महरले पनि फेसबुकमार्फत एक शोक सन्देश दिँदै अध्यक्ष महरले नेकपा एमालेका जिल्ला सदस्य रोकायाको निधनको खबरबाट स्तब्ध भएको छु। रोकायाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। बझाङको कम्युनिष्ट आन्दोलन र नेकपा एमालेलाई अपूरणीय क्षति भएको छ।

यसैबीच नेकपा (एमाले) नेताहरुले एमाले जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य रोकायाको निधनले बझाङ्गी राजनीतिक क्षेत्रले कर्मठ, भद्र, शलीन, इमान्दार  नेता गुमाएको बताएका छन।

रोकाया बझाङ्गी राजनितिमा स्वच्छछवि भएका एक राजनीतिक र सामाजिक व्यक्तित्वको रुपमा पनि परिचित थिए। एक असल राजनीतिज्ञ गुमाएको जनाउँदै एमाले नेताहरुले रोकायाप्रति श्रद्धाञ्जलिका साथ परिवाजनसमवेदना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.