|

हेटौंडा : मकवानपुर प्रहरीले ९६ किलो लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ  गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले ९६ किलो चारसय ग्राम लागुऔषध गाँजासहित हेटौंडा–१० बाट पाँचजनालाई पक्राउ गरेको हो। गएराति ना२ख ५५७९ नम्बरको कन्टेनरबाट लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

रिमालले मनहरीबाट हेटौंडातर्फ आउदै गरेको उक्त कन्टेनरबाट लागुऔषसहित मंगलबार तीन जनालाई पक्राउ गरिएको र बाँकी दुई जनालाई अनुसन्धान क्रममा बुधबार पक्राउ गरिएको बताए।

मंगलबार पक्राउ पर्नेमा कन्टेनर चालक मकवानपुरको मनहरी गाँउपाकिको–६ का २५ वर्षको सन्तोष आलेमगर, सहचालक  २१ वर्षका मोसा घलान र कन्टेनरमा सवार कैलाश गाँउपालिका–८ को २४ वर्षको उमेश लामा छन्।

त्यस्तैगरी अनुसन्धान क्रममा बुधबार बिहान पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका –२ को ३१ वर्षीय विष्णु लामा र मकवानपुर कैलाश गाँउपालिका–८ बस्ने २९ वर्षीय रोशन मोक्तान छन्। 

मकवानपुरमा जारी निषेधाज्ञाका समयमा पनि लागुऔषध ओसारपसारका घटना रोकिएका छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.