|

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। 

नेपाल निवास कोटेश्वरमा नेता नेपाल र अध्यक्ष भट्टराईबीच भेटवार्ता भएको नेपाल निकट स्रोतले बतायो। एमाले एकताको पहल भइरहेका बेलामा नेता नेपाल र अध्यक्ष भट्टराईबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिरहेको छ

सोमबार नेता नेपाल निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल भएको थियोे। 

सोमबारको छलफलमा ओलीविरूद्व बनेको गठबन्धनलाइ एकजुट भएर अगाडि लग्ने सहमति बनेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.