|

जाजरकोट : पानीसँग आएको  हावाहुरीका कारण गाईबस्तु लिएर जलजला पाटनमा गोठ लिएर गएका कुशे गाउँपालिका वडा नम्बर ८ र ९ का  ७ जना बेपत्ता भएका छन्।

मंगलबार बेलुकादेखि जलजला पाटनमा बेपत्ता भएका सात जना अहिलेसम्म सम्पर्कमा नरहेका जाजरकोटका डिएसपी मधु थापाले जानकारी दिए। 

८ का बेपत्ता हुनेहरुमा ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खडका, २८ चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीय धनसरा खड्का र  वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय रहेका डिएसपी थापाले बताए। 

पाटनमा हावाहुरीबाट ज्यान बचाउन सफल चार जना भने सम्पर्कमा आएका प्रहरीले जानकारी दिएको छ।

सम्पर्कमा आउनेहरूमा ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गंगा खड्का रहेका छन्।

जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेका प्रहरीले बताएको छ। कुशे गाउँपालिकाका सबैभन्दा अग्लो पाटनको रुपमा यसलाई लिइन्छ। वर्षायाममा यहाँका सर्वसाधारण पशुचौपाय चरिचरणका लागि जाने गर्छन्। 

आज बिहान मात्र घटनाबारे जानकारी आएको कारण प्रहरी जलजला पाटनतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.