|

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो पटक भेटवार्ता भएको छ।  अमेरिका–रुस सम्बन्ध तनाव भइरहेको समयमा यो बहुप्रतिक्षित भेटवार्ता भएको हो। 

भेटवार्तापछि राष्ट्रपति पुटिनले सञ्चारमाध्यमसँग कुरा गर्दै भेटवार्ता रचनात्मक भएको प्रतिक्रिया दिएका छन्। पुटिनले पत्रकारहरुको प्रश्नको जवाफ दिदै दुवै देशबीच शत्रुता भएको आफुलाई नलागेको बताए। 

त्यस्तै बाइडेनले पत्रकार सम्मेलन गर्दै आफु जुन कामका लागि पुटिनसँग भेट गर्न आएको थिए सो काम पुरा भएको बताएका छन्। बाइडेनले आफूले आफ्ना एजेन्डा पुटिनसँग प्रष्ट रुपमा राखेको बताउदै आफु अमेरिकाको लागि भएको तर रसिया या कुनै व्यक्तिकोविरुद्धमा नभएको प्रष्ट परेका छन्।

रुसी विपक्षी नेता नाभाल्नीको विषयमा बाइडेनले मानव अधिकारको कुरा आउदा अमेरिकाले जहिले जँहा पनि बोल्ने बताएका छन्। उनले नाभाल्नीको मृत्यु भएमा परिस्थिति विनाशकारी हुने चेतावनी पनि दिएका छन्। 

त्यस्तै बाइडेनले पुटिनको अमेरिकी संसदमा भएको हमला बारेको टिप्पणी हास्यास्पद भएको टिप्पणी गरेका छन्।

पत्रकार सम्मेलनमा पुटिनले अमेरिका र रुसले निष्कासित गरेका राजदुतलाई फेरी फिर्ता बोलाउन सहमत भएको जानकारी दिएका छन्। साथै पुटिनले रुसको कथित साइबर हमलाको बारेमा विस्तृत जानकारी अमेरिकालाई दिएको भएपनि अमेरिकाले यसमा कुनै जवाफ नदिएको बताए। 

त्यस्तै भेटवार्तामा बाइडेन र पुटिन साइबर सुरक्षामा मिलेर काम गर्न सहमति भएका छन्। पुटिनले बाइडेनको प्रसंशा गर्दै उनी ट्रम्पभन्दा अलग राष्ट्रपति भएको बताउदै भने, ु मेरो बाइडेनसँग दुई घण्टा लामो कुराकानी भयो। जुन कैयौं राजनेताहरुसँग गर्न सकिदैन।ु पुटिनले बाइडेनलाई अनुभवी राजनेता भएको बताएका छन्। 

उनले पत्रकार सम्मेलनमा रुसी विपक्षी नेता एलेक्सी नभाल्नी जानी जानी गिरफ्तार भएको बताउदै उनको बारेमा सहि कुरा मिडियामा नआएको बताए। करिब एक घण्टासम्म पुटिनले गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेका सबै प्रश्नको जवाफ दिएका थिए। 

यसअघि बाइडेन र पुटिनबीच तीन चरणमा भएको वार्ता पहिलो ९३ मिनेट, दोस्रो ४५ मिनेट र अन्तिम चरणमा ६५ मिनेट वार्ता भएको थियो।

रुसी राष्ट्रपति र उनको टोली बाइडेनसँगको शिखर वार्ताका लागि जेनेभास्थित सम्मेलनस्थल भिल्ला ला ग्रान्जेमा आइपुगेका थिए भने त्यसलगत्तै बाइडेन र उनको टोली सम्मेलन स्थलमा पुगेको थियो। स्वीट्जरल्यान्डका राष्ट्रपति गाए पार्मिलिनले दुबै नेतालाई स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.