|

जाजरकोट : रुकुम पश्चिमको चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य शुरू भएको छ।

१ करोड १६ लाख रुपैयाँमा अस्पतालमा​ अक्सिजन प्लान्ट जडान थालिएको हो। घट्टेकुलो काठमाडौंमा कार्यालय रहेको अरोमा इन्टरप्राइजेजले प्लान्ट खरिदको जिम्मा लिएको थियो। 

चौरजहारी नगरपालिकाले उक्त प्लान्ट खरिद गरेको हो। प्लान्ट जडान भएपछि दैनिक ३० देखि ४० वटासम्म अक्सिजन सिलिन्डर भर्न सकिनेछ।

बिरामीको अत्यधिक चाप हुने भएकोले नगरपालिकाले उक्त प्लान्ट चौरजहारी अस्पतालमा जडान गर्न लागेको नगरपालिकाका सूचना अधिकारी ज्ञानु गौतमले बताए। चौरजहारीमा प्लान्ट आइपुगेकोले केही दिनमै जोड्न शुरू हुने गौतमले जानकारी दिए। 

चौरजहारी अस्पताललाई प्रदेश सरकारले कोरोना जाँच र उपचारका लागि अनुदान र विशेष महत्व दिँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.