|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ। 

समसामयिक विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठक विहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा सुरु हुनेछ। बैठकमा निर्वाचन आयोगविरुद्ध अदालत जाने विषयमा निर्णय हुने कार्यकारिणी समिति सदस्य प्रदीप यादवले जानकारी दिए। 

कार्यकारिणी समितिको बहुमतले महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेतालाई गरिएको कारवाही निर्वाचन आयोगले मान्यता नदिएपछि अध्यक्ष उपेन्द्र यादवले आयोगविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने यसअघि नै बताएका छन्। 

आजको बैठकमा सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सोधिएको स्पष्टीकरणबारे पनि छलफल हुने कार्यकारिणी सदस्य यादवले बताए। ठाकुर–महतो पक्ष सरकारमा सहभागि भएसँगै जसपाका ११ जना मन्त्री बनेका छन्। यस्तै ठाकुर महतो पक्षले निर्वाचन आयोगलाई आफूहरुले कुनै बैठक नबोलाएको जानकारी गराएको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.