|

बंगलादेशमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि जारी रहेको लकडाउन पनि थप एकमहिना थपिएको छ।

 बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि लकडाउनलाई थप एकमहिना थपिएको बुधबार जानकारी दिएको छ। सो लकडाउन बुधबार रातिदेखि थपिएको छ। आगामी महिना जुलाईको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको  छ।

त्यस अवधिका लागि सार्वजनिक यातायातका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरू सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ। सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन केही घन्टा छुट्याएर खोल्न दिइनेछ।

यो लकडाउन देशैभरि लगाइएको बताएको छ। बंगलादेश सरकारको मन्त्रीपरिषद्को बैठकले बुधबार लकडाउनको समयावधि थप गरेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.