|

पर्वत : बाढी पीडितलाई राहत लिएर बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मौसममा सुधार भएपछि पोखरा फर्किएका छन्।

शुक्रबार लागि विश्वासको मत लिने तय भएका बेला उनी बिहीबारदेखि मनाङमा नै अड्किएका थिए। तर, शुक्रबार बिहान साढे ७ बजे मौसम खुलेको मौका पारेर उनी पोखरा झरेका छन्। आज बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक तोकिएकै समयमा सुरु हुने भएको छ। पहिलो बैठकमा विश्वासको प्रस्तावमाथि छलफल हुने छ। त्यसपछि केही समय बैठक स्थगित भएपछि दोस्रो बैठकमा मत विभाजन हुने छ।

मुख्यमन्त्री पोखरेलको पक्षमा काँग्रेसका १५, माओवादीका ११ (सभामुख बाहेक), जनता समाजवादीका दुई, राष्ट्रिय जनमोर्चाका दुई र स्वतन्त्र एक जना सांसद गरी ३१ मत रहेका छन्। यसअगाडि प्रदेशमा विश्वासको मतमा बहुमतका लागि ३१ मत आवश्यक थियो। तर, अदालतले जनमोर्चाका सांसद कृष्ण थापाको पद खारेज गरेपछि अब सांसदको सङ्ख्या ५९ कायम भएको छ। यही कारण ३० मतले गण्डकीमा बहुमत पुग्ने अवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.