जाजरकोट : भैँसी, गाइ र बाख्रा लिएर चरिचरण क्षेत्र जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयले उनीहरुलाइ भेटाएर आगो तपाउने र आवश्यक खाना खुवाउने काम भएको डिएसपी माधवकुमार थापाले बताए।
मंगलबारदेखि हराइरहेका कुशे गाउँपालिका औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० बर्षीय कृष्ण रोकाय शुक्रबार विहान मात्र भेटिएको डिएसपी थापाले बताए।
खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाइ प्राथमिक उपचारको काम पाटनमै भइरहेको उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।